Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वार्ता र संवादकाे माध्यमबाट समस्या समाधान गर्न एमालेलाई सभामुखको आह्वान


    आइतबार, भाद्र २७ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संवादमा आउन आह्वान गरेका छन् ।

    आइतबार पनि सभामुख सापकोटाले ‘संसद्को कारबाही प्रारम्भ हुन्छ’ नभन्दै उनीहरू संसद्को बेलमा पुगेर नाराबाजी गर्न थालेपछि एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताएका हुन् ।

    ‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार