Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदको नाराबाजी


    आइतबार, भाद्र २७ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठकको काम कारवाही सुरु भएको बताउने बित्तिकै उनीहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी थालेका हुन् ।

    नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

    शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आज दलका नेता केपी शर्माओलीले संयमित हुन निर्देशन दिएपछि सांसदहरू संयमित हुने भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार