Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सांसदलाई ओलीको निर्देशन: मर्यादा पालना गर्नुस्, फाल्तु नारा नलगाउनुस्


    आइतबार, भाद्र २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन् । 

    आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका हुन् । 

    आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको बताउँदै उनले भने ,‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं, ‘मर्यादा पालना गरौं ।’

    ‘माइक हान्ने योजनाका बारे कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें । त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन । काँध चढेर माथि नजानुहोला,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार