Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


    आइतबार, भाद्र २७ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

    गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ। 

    यसअघि गत शुक्रबार पनि एमालेको विरोधकैबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए। 

    संसद् सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ।

    आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    हेर्नुहोस् सम्भावित कार्यसूची:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार