Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, संसदमा सत्तापक्षको रणनीतिबारे छलफल


    आइतबार, भाद्र २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ।

    पछिल्लो समय दिनहुँ बैठक बसिरहे पनि मन्त्रालय बाँडफाँटमा शीर्ष नेताहरुबीच कुरा नमिल्दा बैठक निष्कर्षविहीन बन्दै आएको छ। 

    आइतबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा पनि उही पुरानै एजेण्डा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बताइएको छ। 

    कांग्रेस सभापति शेबहादुर देउवा नेतृत्वको सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

    शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार