काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ । आज च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले करिब तीन हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो ।
एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै एमालेले कुन–कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाइएको हो ।
‘हामीले ९ औं महाधिवेशनपछि प्रतिनिधि परिषद् गठन गर्नुपर्ने हो । त्यो बाँकी नै थियो । त्यही कारण विधान संशोधन गर्दै बाधा अड्काउ फुकाउमार्फत विधान अधिवेशनमा भाग लिने क्षेत्र निर्धारण गरेका हौँ,’ भट्टराईले भने । एमालेले असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ ।
विधान महाधिवेशनका लागि असोज ३ र ४ गते स्थायी समिति बैठक बस्ने, बैठकमा विधान मस्यौदा, राजनीति र सांगठनिक प्रतिवेदनमाथि छलफल भट्टराईले बताए ।
विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण
१ अनुशासन आयोगका पदाधिकारी र सदस्य
२ लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
३ निर्वाचन आयोगका पदाधिकारी र सदस्य
४ केन्द्रीय विभागका सचिवलगायत १५ जना
५ सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य
६ ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य
७ प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
८ जिल्ला कमिटी र सोसरह मान्यता पाएका कमिटीका पदाधिकारी र सदस्य
९ हरेक निर्वाचन क्षेत्रबाट दलित, महिला र खुलातर्फ एक–एक सदस्य
१० प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना
११ पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१२ पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१३ एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१३ एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत
१४ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend