Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीका लागि राष्ट्रिय सहमति अनिवार्य : अर्थमन्त्री शर्मा


    शनिबार, भाद्र २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स (एमसीसी) की  उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । वार्ताको क्रममा अर्थमन्त्री शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स ९एमसीसी० नेपालका लागि आवश्यक भएको तर यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

    नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज ९शनिबार० सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक भए पनि त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।
    एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्रि शर्माालाई आग्रह गरेकी थिइन् । मन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको उपाध्यक्ष सुमारलाई भनेका थिए ।

    बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादवलगायतसँग भेट गरेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार