काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान अधिवेशनका लागि सहभागी हुने प्रतिनिधिका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेकाले साढे ३ बजेसम्मका लागि बैठक स्थगन भएको हो । आजै बस्ने अर्को बैठकले अधिवेशनका लागि प्रतिनिधिका बारेमा टुङ्गो लगाउने भट्टराईले बताउनुभयो । “बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि को को छनोट गर्ने भन्ने तथा राजनीतिक, विधान प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र व्यवस्थापनलगायत विषयमाथि छलफल भयो”, उहाँले भन्नुभयो, “अब बस्ने बैठकले प्रतिनिधिको चयन गर्नाका साथै सबै प्रतिवेदनलाई पारित गर्नेछ ।”
अघिल्लो अधिवेशनमा राष्ट्रिय परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए । पार्टीको नवाँै महाविधेशनपछि परिषद् निर्वाचित नगरेको स्थायी कमिटीले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्न थालेको भट्टराईले जानकारी दिनुभयो । विधान अधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनवर्गीय सङ्गठनबाट प्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटीले आज प्रतिनिधि र प्रतिवेदन पास गरेपछि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ । एमालेको विधान अधिवेशन यही असोज ४ देखि ६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० मा भएका कतिपय कुरा संशोधन गर्नुपर्ने भएकाले संशोधन गरेर मात्र अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend