Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको चितवनमा २२५ सदस्यीय जिल्ला कमिटी


    शनिबार, भाद्र २६ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनमा नेकपा  (एकीकृत समाजवादी )को २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । भर्खरै  नेकपा एमालेबाट बिभाजित भएको नेकपा  (एकीकृत समाजवादी) चितवनको अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् ।  हिजो (शुक्रबार) आयोजित संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

    समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।

    यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर समिति १६८ सदस्यिय रहने सो अवसरमा जानकारी दिइएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाव चिह्नले जित्ने नभई जनताको मनले जित्न सकिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार