Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन देउवालाई पौडेलकाे ध्यानाकर्षण


    शुक्रबार, भाद्र २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन ध्यानाकर्षण गराएका छन् ।

    पौडेल नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले शुक्रबार बिहान देउवालाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

    भेटमा पार्टीको महाधिवेशनमा पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको पौडेलले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

    देउवालाई भेटेपछि पौडेलले समाजिक सन्जालमा लेखेका छन्, ‘पार्टीका कृयाशील सदस्यहरुको छानविन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार