Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनका नेताहरुसँग प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरुको नाम


    शुक्रबार, भाद्र २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुलाई मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका छन् ।

    शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै  मन्त्रीहरुको नामावली मागेका  हुन् ।

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई प्रधानमन्त्री देउवाले  आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रहका हुन् ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार