Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीको टोली नेताहरुको घर–घरमा पुगेपछि भीम रावलले भने – हे नेपाल आमा, सदबुद्धि देऊ !


    शुक्रबार, भाद्र २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी प्रतिनिधि मण्डलले नेपालका नेताहरुका घर–घरमा पुगेर दबाब दिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    बिहीबार काठमाडौँ आएको एमसीसी प्रतिनिधि मण्डलको टोलीले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेलगत्तै रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको बताएका छन् ।

    रावलले भनेका छन्– हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दबाब दिने, कस्तो विडम्बना ! हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !

    यस्तै, उक्त टोलीले अध्यक्ष ओलीपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो। 

    यस्तै, उक्त टोलीले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेट गरेको छ भने आजै दिउँसो  प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम रहेको छ।

    पछिल्लो समय एमाले नेता रावलले एमसीसीको चर्को विरोध गर्दै आइरहेका छन्। उनले सो परियोजनालिई राष्ट्रघातीको संज्ञा समेत दिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार