Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुमलटारमा फातिमाको १ घण्टा, एमसीसीमा प्रचण्डलाई मनाउने प्रयास


    शुक्रबार, भाद्र २५ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । 

    शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
    प्राप्त जानकारीका अनुसार एमसीसीकी उपाध्यक्ष फातिमाले प्रचण्डसँग भेटेर एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने बुझिएको छ। 

    बिहीबार बिहान काठमाडौँ आइपुगेको एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले हिजो दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईसँग भेटवार्ता गरेको थियो। 

    यस्तै, उक्त टोलीले आजै  प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम रहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार