Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् पूर्णता र एमसीसी मुख्य एजेण्डा


    शुक्रबार, भाद्र २५ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक आज शुक्रबार बस्ने भएकाे छ।

    शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल हुने बताइएको छ। 

    गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा (माओवादीकेन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको उपस्थिति हुने बताइएको छ।

    यस्तै, बालुवाटार स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाइएको छ। सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरू पटक-पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन्।

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसिसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने बालुवाटार स्रोतले जनाएको छ। 

    पछिल्लो समय कांग्रेस र जसपा एमसिसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरू संशोधन हुनुपर्ने अडानमा छन्।

     २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार