Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी टोली ओलीलाई भेट्न बालकोटमा


    बिहिबार, भाद्र २४ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार सहितको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको छ । आज बिहान  काठमाडौं आइपुगेको उपाध्यक्ष फातिमा सुमार सहितको  टोलीले ओलीलाई भेटेको हो ।

    सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका छन् । उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सिधै बालकोट पुगेर ओलीसँग वार्ता  शुरु गरेका छन् ।

    छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् । दुई पक्षबीच एमसीसी पास गर्नेबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार