Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसी उपाध्यक्ष फातिमाले दिउँसो २ बजे ओलीलाई भेट्ने


    बिहिबार, भाद्र २४ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छिन्। आज  बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । 

    उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीसँग  भेट्ने कार्यक्रम छ  रहेको छ ।चार दिने नेपाल भ्रमणमा आएकी फातिमा सुमारले  एमसिसी परियोजनाबारे छलफलका लागि भोली प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको  प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले बताएका छन् ।फातिमाले अरु राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

    अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

    सुमारसहितका अधिकारीहरु नेपाल आउनु पूर्व एमसीसीले सरकारले सोधेका विभिन्न प्रश्नको उत्तर पठाएको थियो । अमेरिकाले एमसिसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको तथा नेपालको संविधानभन्दा माथि पनि नरहेको जवाफ पठाएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार