Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कांग्रेस प्रवक्ता शर्माले आज उम्मेदवारी घोषणा गर्दै


    बिहिबार, भाद्र २४ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि  आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् ।  जननायक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले आजै  काठमाडौंको सुन्दरीजलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् । तर, उनले कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने प्रष्ट भइसकेको छैन ।

     शर्मा निकट नेताहरुका अनुसार उनी पार्टीमा महामन्त्रीका आकांक्षी हुन् । उनले महाधिवेशनको लागि कुन समूहबाट आफ्नो उम्मेदवारी घोषणा गर्दै छन् त्यो पनि स्पष्ट भइसकेको छैन ।

    स्रोतका अनुसार उनले आफ्नो उम्मेदवारीबारे सभापति शेरबहादुर देउवासँग पनि सल्लाह गरिसकेका छन् । यस अघि युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल पनि महामन्त्रीका आकांक्षी हुन् । उनले क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेपछि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छ्न् । कांग्रेसको विधानमा दुई महामन्त्रीको व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार