Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको संसद अवरोधबारे बिरोध खतिवडा भन्छन्– सत्ता गुमेकोमा ओली विक्षिप्त भएका छन्


    बुधबार, भाद्र २३ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता बिरोध खतिवडाले एमालेका अध्यक्ष केपी ओली सत्ता गुमेकोका विक्षिप्त भएको बताएका छन् । आज सुरु भएको संघीय संसदको बैठक एमालेले अवरुद्ध गरेपछि खतिवडाले ओली सत्ता गुमेकोमा विक्षिप्त भएको आरोप लगाएका हुन् ।

    नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको बिरोधमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध नाराबाजी गर्दै एमालेले प्रतिनिधिसभाको पहिलो र दोस्रो बैठक अवरुद्ध गरेको छ । अर्को बैठक शुक्रबार बोलाइएको छ । शुक्रबारको बैठक पनि माधव नेपालसहितका १४ सांसदमाथि कारबाही नभएसम्म प्रतिनिधिसभा चल्न नदिने धम्की एमालेले दिएको छ ।

    खतिवडाले प्रश्न गरेका छन्–१४ जनालाई संसदमा उपस्थित हुन दिए प्रतिनिधिसभा चल्न नदिने भन्ने ओली को हुन् ? माधव नेपाल एउटा दलका नेता हुन् । संसदको नियमावली दफा २१ र संविधानको धारा १०५ मा स्पष्ट उल्लेख छ–अदालतमा विचाराधीन बिषययमा संसदमा बहस गर्न पाइँदैन । हामी १४ जनालाई निस्कासन गरिपाउँ भनेर ओली आफैंले अदालतमा मुद्दा दायर गरेका छन् । आफैं मुद्दा दायर गर्ने अनि आफैं संसदमा हुलहुज्जत गर्ने । केपी ओलीलाई संविधान, नियम, कानुनसँग कुनै सम्बन्ध छैन, आफ्नो सत्ता गएकोमा उनी विक्षिप्त भएका छन् । त्यसकै प्रतिबिम्ब उनले संसदमा देखाएका हुन् । ओली बिधिको शासन मान्दैनन् भन्ने उनले आफैं पुष्टि गरेका छन् ।

    खतिवडाले भने–‘सत्तापक्ष भएकाले संसदमा सभामुखको आज्ञा लिएर संयमतापूर्वक प्रस्तुत हुन्छौं । उत्ताउलो हुँदैनौं । संसद चल्न नदिने भनेको मिडिया खपतका लागि बाहिर बोलिएका कुरा हुन् । हामी संसदभित्र संसदीय मर्यादा पालना गर्न प्रतिबद्ध छौं । संसदीय मर्यादाबाहिर गएर ओलीहरुले उत्तेजनात्मक गतिबिधि भइरहन्छन् भने हामी जस्ताको तस्तै जवाफ दिन तयार छौं ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार