Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो हान्ने काम भयो- विष्णु पौडेल


    बुधबार, भाद्र २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलले माधब नेपालले दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो हानेकाे आरोप लगाएका छन् । 

    बुधबार बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टी आमा भएको र आमामाथि नै बन्चरो हान्ने काम भएको बताएका हुन् ।  उनले आमालाई बन्चरो हान्नेलाई जनताले स्वीकार नगर्ने पनि बताए । 

    यस्तै उनले एमाले फुटेको हो या होइन भन्ने लुम्बिनी प्रदेशमा हेरे पुग्ने बताए । एकाध साथीहरु बहकिएको बताउदै पौडेलले पार्टीमा फर्कन आग्रह गरे । 

    पार्टी नफुटी काँचुली मात्रै फेरेको बताउदै पौडेलले भने सर्पको काँचुली निस्किदैमा मर्दैन । 

    नेकपा एकीकृत समाजवादी पार्टी खोलेर इतिहासमै लाजमर्दो काम भइरहेको बताउदै पौडेलले यस पार्टीले देश र जनताका लागि काम गर्न नसक्ने बताए । सम्मेलनमा पौडेलले माधव नेपालले पार्टीभित्र अराजकता र अनाधिकृत काम गरेको समेत आरोप लगाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार