Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद बैठक : सांसदहरुलाई अनिवार्य उपस्थित हुन प्रधानमन्त्री देउवाको ह्विप


    बुधबार, भाद्र २३ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

    मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता देउवाले आजबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन् पार्टीका सांसदहरुलाई निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

    भुसालका अनुसार आजको बैठकमा विशेषगरी बैठकमा प्रधानमन्त्री देउवाले आजको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरू खेल्न र सबै दलहरूसँग परामर्श गरेर मन्त्रालयलाई शीघ्र पूर्णता दिने बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार