Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चर्चा संसदको, रणनीति तय गर्न नेकपा समाजवादी संसदीय दलको बैठक बस्दै


    बुधबार, भाद्र २३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले विभाजनपछि पहिलोपटक संसद् बैठकमा सहभागी हुन लागेको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ ।

    बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा २ बजे बस्नेत पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए। 

    नेता चौधरीका अनुसार बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रियसभा गरी दुवै संसद्को बैठकमा पार्टीको रणनीति बनाउन बैठक बस्न लागिएको हो । 

    संसदमा नेकपा एस संसदको चौथो ठूलो दल हो । एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । नेकपा एसमा प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार