काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताका छोरा-छोरी प्राय राजनीतिबाट टाढा रहेपनि केही नेताका छोरा छोरीहरु भने बाबुसँगै राजनीतिमा होमिएका छन् । यसको प्रमुख उदाहरण हो -नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल । उनी चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मेयर छिन् । त्यसो त रेणु बाहेक अन्य नेताका छोरा छोरीले राजनीतिमा त्यति चासो राखेको देखिदैन जसले गर्दा अध्यक्ष प्रचण्डलाई अन्य नेताहरुले राजनीतिमा सन्तानलाई अवसर दिएको आरोप पनि लगाउदै आएका छन्।
तर, यसैबीच पछिल्लो समय सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाले पनि आफूलाई राजनीतिमा प्रवेश गराएका छन् ।
पांचौं पटकसम्म प्रधानमन्त्री बनेका देउवाका २६ वर्षीय छोरा जयवीरले आफूलाई कांग्रेसको राजनीतिमा प्रवेश गराएर गृहजिल्ला डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन् ।
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट जयवीरले क्रियाशील सदस्यता लिएको कांग्रेसका नेताहरु बताउछन्।
कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा जयवीर सिंह देउवाको नाम १६६ नम्बरमा छ । आशन्न महाधिवेशनलाई लक्षित गर्दै राजनीतिमा होमिएका जयबिर जयवीर गाउँमा भने गएका छैनन् । यसअघि गाउँमा भदौ १८ मा अधिवेशन गर्ने भने पनि जयबिरकै लागि २५ गतेका लागि सारिएको बताइएको छ।
पार्टीका एक नेताका अनुसार जयवीरलाई क्षेत्रीय प्रतिनिधि बनाउने तयारी भइरहेको छ । बेलायतमा राजनीति शास्त्रमा एमए गरेका जयवीरले भ्रातृ संगठनमा बसेर काम नगरेपनि पारिवारिक पृष्ठभूमिका कारण सिधै राजनीतिमा छिरेको बुझिन्छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend