Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय संसद्को १०औं अधिवेशन आजबाट सुरु हुँदै, यस्तो छ सम्भावित ३२ बुँदे कार्यसूची


    बुधबार, भाद्र २३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को १०औं अधिवेशन आज (बुधबार)देखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्। 

    आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको  छ ।

    जस अन्तर्गत बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    यस्तै, संसद्को यस अधिवेशनमा संसद्मा पेस भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद् सचिवालयले जनाएको छ।

    यस्ता छन् आजको बैठकका सम्भावित कार्यसूची:

    सदनको नवौँ अधिवेशन गत साउन ३२ गते अन्त्य भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार