Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादीको संसदीय दलको बैठक बुधबार


    मंगलबार, भाद्र २२ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक यही भदौ २३ गते बुधबार २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने भएको छ ।

    बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पटक पटक प्रतिनिधिसभा विघटन गरेपछि असन्तुष्ट बनेका केही नेता उक्त पार्टीबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादीले पहिलोपटक संसद्को बैठकमा  सहभागी हुनेछ । 

    यसअघि उक्त पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो । उक्त दल निकट समाजवादी प्रेसले १५१ सदस्यीय कार्य समितिको विधान तयार गरिसकेकाले चाँडै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता गर्ने जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार