Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाईसीएलको संयोजकमा देवकोटा चयन


    मंगलबार, भाद्र २२ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

    वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाकन अनुसार उपसंयोजकमा धिरज सेर्पाली चयन भएका छन् ।

    मंगलबार अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह–संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो ।

    वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा माउपार्टीका अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार