Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रियाशील सदस्यबाट आफ्नो नाम हटाइएपछि वडा सभापति कपाल मुण्डन गरेर किरिया बसे


    मंगलबार, भाद्र २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता  विवाद चरम उत्कर्षमा पुगेको छ । 

    यसैबीच  जिल्लाकाे अमरगढी नगरपालिका-९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी कांग्रेसको किरिया बसेका छन् ।

    विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले सोमबार कपाल खौरे कांग्रेसको किरिया बसेका हुन् ।

    ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन् ।

    आइतबार सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ। 

    नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएकाको नाम हटाइएको छ ।

    वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको उनले जानकारी दिए । 

    कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५८ सय चारजनाको सूची सिफारिस गरेको थियो। जसमध्ये चार सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार