Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री जितेन्द्र सोनलले गरे लोसपाको पक्षमा सनाखत


    सोमबार, भाद्र २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । प्रदेश–२ मा लोकतान्त्रिक समाजवादी पार्टीमा थप एक प्रदेश सांसदले सनाखत गरेका छन् ।

    पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आज (सोमबार) प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपामा सनाखत गरेका हुन् । उनी पूर्व राजपाका संसदीय दलका नेता समेत थिए ।

    नेता सोनल लोसपामा सनाखत गरेसँगै प्रदेश–२ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा सनाखत गरेका हुन् भने बाँकी जसपामै छन् । 

    नव गठित लोसपामा सनाखत गर्ने प्रदेश सांसदहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकी शरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा. डिम्पल झा, प्रहलाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार