Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महासचिव पोखरेल भन्छन्: १० बुँदे जस्ताको तस्तै कार्यान्वयन हुँदैन, भ्रममा नपरौं


    आइतबार, भाद्र २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • माेरङ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउँदै यसको कोही भ्रममा नपर्न आग्रह गरेका छन् ।

    नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताए ।

    ‘१० बुदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन,’ उनले भने,‘‘। कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’

    उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गर्दै पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने बताए ।

     

     

     
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार