Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राेकिएन एमाले छाड्नेकाे लर्काे, रुकुम पश्चिममा एमाले जिल्ला कमिटी नै एकीकृत समाजवादीमा


    आइतबार, भाद्र २० २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुकुम ।  नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै  एमाले छाड्नेकाे लर्काे लागेकाे छ ।

    यसै क्रममा रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

    कमिटीका अध्यक्ष विमलकुमार पुनका अनुसार अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

    एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

    नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँच जना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका थिए । बाँकीमध्ये अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा सामेल भएको उनको दावी छ ।

    आफूसहित एमाले सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत झण्डै ७५ प्रतिशत कमिटी सदस्यले एकीकृत समाजवादी रोजेको पुनले बताए । 

    औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठनसँगै रुकुम पश्चिमको जिल्ला कमिटी कार्यालयसमेत स्थापना गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार