काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका छन् ।
प्रदेश–२ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वमा गठन भएको लोसपा दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका हुन् ।
उनले नेपालको राजनीतिमा महत्वपूर्ण ठाउँ ओगटेको जसपालाई बेवास्ता गरेर कोही अगाडी बढ्न नसक्ने बताउँदै लाेसपा दल नभएका कारण यसबाट देश र जनताको भलो नहुने समेत जिकीर गरे ।
‘हरेक ठाउँमा जसपासँग साझेदारी गरेर मात्र कुनै पनि राजनीतिक शक्ति अगाडि बढ्न सक्ने गरी आफ्नो पार्टी स्थापित भएको छ’, उनले भने, ‘अब देशको राजनीतिक दिशानिर्देश जसपाले गर्नेछ ।’
अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोसपा कदापि राजनीतिक शक्ति बन्न नसक्ने दाबी गरे । लोसपाले मधेसमा लोभ, लालच र भ्रमको खेती गरिरहेको आरोप लगाउँदै उनले भने, ‘जुन दिन महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका केही नेताहरु केपी शर्मा ओलीको पछि लागे, त्यस दिन नै उनीहरूको पतन भइसक्यो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend