Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली पक्षले फैलाएका भ्रमको सशक्त रूपमा खण्डन गर्न एकीकृत समाजवादीले अभियान चलाउने


    आइतबार, भाद्र २० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 

    समाजवादीले अन्तरपार्टी निर्देशन जारी गर्दै आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न निर्देशन दिएको हो ।

    ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न व्यापक रूपमा प्रचारप्रसार चलाउन अपानिमा भनेको छ ।

    अपानिमा ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको तथा उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुटको दिशामा पुगेको बताइएको छ । 

    ‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छाअनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी एमालेलाई विभाजको दिशामा धकेलिदिए ।’ – अपानिमा भनिएको छ ।

    यस्तै पार्टीभित्र उत्पन्न भएको गम्भीर विवाद, मतभेद र समस्याको बारेमा पार्टी कमिटीभित्र आवश्यक छलफल तथा बहस गरेर समस्या समाधान गर्नतर्फ नलागेर आफूखुसी मनपरी तरिका अपनाउँदै असंवैधानिक ढंगले दुई पटकसम्म संसद् विघटन गरेको पनि अपानिमा उल्लेख गरिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार