संखुवासभा । नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै एमाले छाड्नेकाे लर्काे लागेकाे छ ।
यसै क्रममा नेकपा एमाले संखुवासभा अध्यक्षसहित ३५ सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।
शनिबार जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित कमिटीका ३५ सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका हुन् । एमालेको साविक २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् ।
अध्यक्ष घिमिरेका अनुसार सचिवालय सदस्य ऋषिकेशव चापागाईं, कृष्ण तामाङ, मानसिं पोखरेल, बद्रि सापकोटा, सुमन शाक्य, केशर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ नेकपा एसमा लागेका हुन् ।
यस्तै जिल्ला समन्वय समितिका सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको उनले जनाए ।
एमाले पूर्व अध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेश डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ नेकपा एसमा खुलिसकेका छन् भने जिल्ला उपाध्यक्ष भीम लिंखा कतै खुलेका छैनन् । लिंखा नेपाल पक्षमा रहँदै आएका थिए । सोमबारसम्म चल्ने बैठकले आगामी रणनीति तयार गर्ने घिमिरेले बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend