Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादीद्वारा नेताहरुको जिम्मेवारी बाँडफाँड, सुदूरपश्चिम बाहेकका प्रदेश इन्चार्ज तोकिए (नामावली)


    आइतबार, भाद्र २० २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । 

    गत भदौ ९ गते निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, विभिन्न मोर्चा संगठन र विभागको जिम्मेवारी बाँडफाँड गरेको हो ।

    पार्टीका केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठले दिएको जानकारी अनुसार पार्टीले सुदूरपश्चिम बाहेकका अन्य ६ वटा प्रदेशमा इन्चार्जदेखि लिएर विभिन्न जनवर्गीय मोर्चा र संगठनको जिम्मेवारी तोकेको छ। 

    पार्टीले तोकेका प्रदेश इन्चार्जहरु यसप्रकार छन् :-

    • प्रदेश १ : घनेन्द्र बस्नेत 
    • प्रदेश २ : धर्मनाथ साह, 
    • बागमती प्रदेश : केदार न्यौपाने 
    • गण्डकी प्रदेश :  केशवलाल श्रेष्ठ
    • लुम्बिनी प्रदेश : भागवत विश्वासी
    • कर्णाली प्रदेश : प्रकाश ज्वाला

    यस्तै, नेकपा समाजवादीले सम्पर्क विशेष समितिको इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई दिएको छ। उपत्यका विशेष प्रदेश इन्चार्जकाे जिम्मेवारी विश्वनाथ प्याकुरेललाई दिइएको सांसद श्रेष्ठले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार