Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महेश बस्नेतलाई देउवाको चुनौति: मेराे त कुरै छाड्नु हिम्मत भए दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्


    शुक्रबार, भाद्र १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभई भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् । 

    शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन गर्दै देउवाले यस्ताे बताएका हुन् ।

    देउवाले भने- ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ, देउवाले भने ‘दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्,’। 

    केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिएका हुन् ।

    भदौं पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार