Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा भन्छन्: पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर निर्णय गर्ने मूल ठाउँ वडा अधिवेशन हो


    शुक्रबार, भाद्र १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने ठाउँ वडा अधिवेशन भएको बताएका छन् ।

    शुक्रबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै थापाले वडा पार्टी संरचनाको आधारभूत तह मात्र नभएर पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भन्ने निर्णय गर्ने मूल ठाउँ भएकाे बताएका हुन् । 

    आजदेखि वडा तहबाट शुरू हुन लागेकाे काँग्रेसको १४ औं महाधिवेशनमा आफ्ना धारणा राख्दै थापाले भने-‘वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन। यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो,’‘सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु ।’

    थापाले मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार