Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारी र गृहमन्त्री खाँणबीच भेटवार्ता, के बिषयमा भयाे छलफल ?


    शुक्रबार, भाद्र १८ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँण र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ ।

    गृह मन्त्रालय स्रोतका अनुसार बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

    राष्ट्रपति भण्डारीले गृहमन्त्रीसँग मुलुकको पछिल्लो सुरक्षा अवस्था तथा देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका बारे जानकारी लिएकी थिइन् ।

    यस्तै, राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ । 

    धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार