Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडा अधिवेशनले कांग्रेसलाई सक्षम र सबल बनाउने नेतृत्व चयन गरोस्: प्रकाशमान


    शुक्रबार, भाद्र १८ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् । 

    आजदेखि वडा तहबाट शुरू हुन लागेकाे काँग्रेसको १४ औं महाधिवेशनमा उनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना पनि गरेका छन् ।

    शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै सिंहले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताए ।

    ‘संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले भने ।

    काँग्रेसका लागि देशलाई समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता भएको सिंहको भनाइ छ ।

    ‘संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता ह,’ भन्छन्, ‘राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो ।’

    काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुने भन्दै काँग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने उनको कामना छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार