Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीकी उपाध्यक्ष नेपाल आउन लाग्दा भीम रावलको उड्यो होस, लगाए सरकारलाई यस्तो आरोप


    शुक्रबार, भाद्र १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार अर्को साता नेपाल आउदै छिन्। उनी नेपाल आउने तय भएसँगै विभिन्न टिका टिप्पणीहरु शुरु भएको छ । 

    यसैबिषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती एमसीसी अघि बढाउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

    रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्। 

    यस्तै, नेता रावलले एमसीसीकी उपाध्यक्षलाई नेपाल बोलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रघाती सम्झौता गर्न लागेको आरोप लगाएका छन्।

    रावलले लेखेका छन्, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ।सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार