Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनकाे मुखमा गगन थापाले गरे गुट परिवर्तन


    बिहिबार, भाद्र १७ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रसकाे १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापा पौडेल समूहमा देखिएका छन् ।

    बिहीबार रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका थापा यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा थिए । 

    सिटौलको क्याम्पमा रहदै आएका थापा एकाएक पाैडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई उनले गुट परिवर्तन गरेकाे भन्न रूपमा हेरिएकाे छ ।

    पौडेल पक्षले महाधिवेशनबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागीसँगै थापाले  आउँदो महाविधेशनमा पौडेल क्याम्पबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार