जनकपुरधाम । नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै एमाले छाड्नेकाे लर्काे लागेकाे छ ।
सांसदहरुले पार्टी अध्यक्ष ओली नेतृत्वको एमाले पार्टी परित्याग गरेर अध्यक्ष माधव नेपालको एकीकृत समाजवादी रोज्न थालेपछि ओलीलाई झड्का माथि झड्का लागेकाे छ ।
मंगलबार मात्रै बागमतिबाट १२, सुदूरपश्चिम प्रदेशसभाबाट १३ र प्रदेश नं २ बाट १३ जना सांसद नवगठित नेकपा एकीकृत समाजवादी पार्टीतिर लागिसकेका छन् भने बुधबार प्रदेश-१ का १० जना प्रदेश सभा सदस्यहरूले पनि कीकृत समाजवादी राेजेका छन् ।
यसै क्रममा बिहीबार प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले निर्वाचन कार्यालय जनकपुरधाममा गएर नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।
सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने सांसद बेची लुंगेलीले जानकारी दिइन् ।
यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने लुंगेलीले बताइन् ।
प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् । यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend