Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल भन्छन्: माओवादीसँग पार्टी एकता हुँदैन, भ्रम नछर्नुस्


    बिहिबार, भाद्र १७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष  माधवकुमार नेपालले नेकपा माओवादी केन्द्र सँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । 

    क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग कुनै अवस्थामा पनि एकता नहुने बताउँदै नेपालले यस्ताे भ्रममा नपर्न आग्रह गरेका हुन् ।

    बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरू कुरा गर्दै उनले यस्ताे बताएका हुन् ।

    उनले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

    यस्तै नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए । उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार