Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्र भन्छन्: हामी भदाै २२ गतेपछि सरकारमा जान्छैं, मन्त्रालय बाँडफाँडका विषयमा कुनै विवाद छैन


    बिहिबार, भाद्र १७ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

    जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले भने ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो, कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउँछ ।’

    सरकार पूर्णता पाएपछि स्मुथ्ली अगाडि बढ्ने बताउँदै उनले भने,‘अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएकाे छ, गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन ।’ 

    जसपामा उपेन्द्र यादव निकटका प्रदेश–२ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गर्ने भएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका छन् ।

    यादव निकटका प्रदेश सांसद प्रह्लाद गिरी गोश्वामी लोसपामा आज सनाखत गर्ने जनाएका छन । यादव निकटका अन्य तीन जना प्रदेश सांसद समेतले लोसपामा सनाखत गर्ने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार