Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल


    बिहिबार, भाद्र १७ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

     बिहीबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र नेपालबीच छलफल भएको स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार सरकारमा सहभागिता र सरकारका काममा बिषयमा उनीहरूबीच करिब २० मिनेट जति  छलफल भएको थियाे । 

    नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने  दिइएकाे समय पूराभएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने देखिन्छ । 

    निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ ।

    हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार