Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आत्माको कुरा सुनेर निर्णय गर्न नेता-कार्यकर्तालाई रामचन्द्र पौडेलको अपील (भिडियो)


    बिहिबार, भाद्र १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सफल बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

    बिहीबार नेता पौडेलले एक  भिडियो सन्देश जारी गर्दै कांग्रेस देशकै अभिभावक भएको र यसको नेतृत्व वडा तहबाटै बलियो बनाउनुपर्नेमा जोड दिन उनले आग्रह गरेका छन्। 

    ‘ढिलै भएपनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,’ उनले भिडियोमा भनेका छन्। 

    ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भनेका छन्।

    हेर्नुहोस् भिडियो :

    कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ (भोलि)ट वडा अधिवेशन सुरु हुँदैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार