Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दल दर्ताका क्रममा विवादास्पद निर्णय गरेको भन्दै निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने


    बुधबार, भाद्र १६ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएकाे छ ।

    नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको भन्दै एमाले बुधबार (आज) अदालत जान लागेकाे हाे ।

    ‘केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’ भट्टराईले भने । 

    पार्टीले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्त गरिसक्दा पनि आयोगले तिनै कारवाहीमा परेका सांसदहरुको सनाखतलाई मान्यता दिएर नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै एमालेले आयोगविरूद्ध कानुनी उपचार गर्ने  निर्णय गरेकाे हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार