Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा


    बुधबार, भाद्र १६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेकाे मुद्दामा बुधबार पनि सुनुवाइ नहुने भएकाे छ ।

    लामो समयदेखि सर्वोच्च अदालतमा विचराधीन रहेको काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दाको पेसी आजका लागि तोकिएको थियो ।

    प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त्त इजलासमा पेशी चढेको उक्त्त मुद्दा हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।

    २०६९ मंसिर ७ गते अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले  रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ । 

    सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो । उक्त दिन  हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो । सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाईको पेशीमा चढेको हो ।

    हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ ।  २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो । संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन् ।

    तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए । यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो । लगत्तै पुर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार