Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कानुन मन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एमसीसीदेखि बजेटबारे छलफल


    बुधबार, भाद्र १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रहादुर कार्कीले एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई उनकै निवास बालकोटमा गएर भेटेका छन् ।

     भेटमा सरकार पक्ष र प्रमुख प्रतिपक्षी दलबीचको तिक्तता मेटाउन तथा बहुचर्चित एमसीसी र बजेटका बिषयमा वार्ता भएको बताइएको छ । सरकार गठन भएदेखि एमाले अध्यक्ष ओलीसँग सरकारका कुनै पनि मन्त्रीले भेट गरेका थिएनन् । कार्कीले मंगलबार अपराह्न ओलीसँग भेट गरेका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले नै बजेट, एमसीसी र संसद अधिवेशनका बारेमा छलफलका लागि ओलीसँग उनलाई भेट गर्न पठाएको अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार