Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रचण्डले डल्लु पुगेर गरे झलनाथ खनालकाे स्वास्थ्यलाभको कामना


    बुधबार, भाद्र १६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएकाे छ । खनाललाई भेट्न प्रचण्ड डल्लुस्थित खनाल निवासमा पुगेका हुन् ।

    फूलको बुकी लिएर  खनाललाई भेट्न गएका प्रचण्डले उनकाे स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

    भेटमा प्रचण्डले खनालको पूर्ण स्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए । 

    भेटका क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ ।

    खनाल हालै भारतमा मिर्गौला प्रत्यारोपण गरि स्वदेश फर्किएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार