Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा


    बुधबार, भाद्र १६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । वागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् ।

    उनले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर आज (बुधबार) बिहानपदबाट राजीनामा दिएका हुन् ।

    आफूले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिएकाे खनालले बताएका छन् ।

    मंगलबार उनले औपचारिक रुपमा वाग्गती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नव गठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए । 

    मंगलबार बागमती प्रदेशका १२ जना एमाले सांसदले पार्टी परित्याग गरी एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए । १२ जना सांसदले नयाँ दल रोजेसँगै नेकपा एमालेको एकल बहुमतमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार