जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ ।
नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।
नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताए ।
उनीहरु प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको उनले जानकारी दिए । सनाखत गराउने बेलासम्म यो सङ्ख्यामा केही थपघट हुन सक्ने उनको भनाइ छ ।
यसअघि एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई दलका नेता चयन गरेको थियो ।
यसरी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उहाँले जानकारी दिनुभयो । सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।
यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend